धनगढी पुगेर माधव नेपालले भने - सुदूरपश्चिम मध्यावधिको निर्वाचनतर्फ जानुहुँदैन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार सुदूरपश्चिममा मध्यावधि निर्वाचनमा जान नहुने बताएका छन् । आइतबार धनगढीमा भएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

पत्रकार सम्मेलनमा उनले राजनीतिक प्रकृतिका मुद्दाहरू थन्किएर राख्न नहुने धारणा राखे । ‘राजनीति प्रकृतिका विषय वस्तुलाई छिटो टुङ्गाउनु राम्रो हुन्छ,’ उनले भने,‘रेसम चौधरीको विषय मात्र होइन जुनसुकै पार्टी सम्बद्ध व्यक्तिहरूको मुद्दाभए पनि थन्किएर राख्नु हुँदैन ।’ 

सुदूरपश्चिममा प्रदेशको हकमा अहिलेको सरकारलाई सहमतिमा विश्वासको मत दिलाउनुपर्ने उनले बताए । ‘सबैलाई समेटेर जानुपर्छ,’ उनले भने, ‘मध्यावधिको निर्वाचनतर्फ जानु हुँदैन । त्यो मुलुकले आर्थिक हिसाबले पनि धान्न सक्दैन ।’ 

सुदूरपश्चिममा एमाले नेतृत्वको बनेको सरकार विश्वासको मत पाउन नसकेपछि एक महिनामै ढलेको थियो । फेरि अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको छ । कांग्रेस नेतृत्वको सरकारले पनि एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

नेपालले राष्टपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताए । ‘सबै पार्टीलाई समेटेर अगाडि बढ्नुपर्दछ,’ उनले भने,‘हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेहरूसँग हातेमालो गरेर अगाडि बढ्नुपर्दछ भन्ने नै हो ।’ 

मुलुकलाई निकास दिनका लागि सहमतिमा अगाडि बढ्न सके सबै भन्दा राम्रो हुने उनको भनाई छ  । संविधान, गणतन्त्र र धर्मनिरपेक्षता रक्षाका लागि प्रधानमन्त्रीले सहमतिमै अगाडि बढ्नुपर्ने उनले बताए । उनले संसदीय व्यवस्थामा एक व्यक्तिले पनि धेरै असर पर्ने हुँदा पार्टीका नेता कार्यकर्ताहरूलाई निराश नभएर अगाडि बढ्न निर्देशन समेत दिए ।





  • प्रकाशित मिति : माघ २९, २०७९ आइतबार १३:५७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया