पूर्वसांसद कर्मा घलेको निधनमा संसदमा शोक प्रस्ताव पारित
फरकधार / २९ माघ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

प्रतिनिधिसभाले पूर्वसांसद कर्मा घलेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले घलेको निधनप्रति सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको हो । 



नेपाली कांग्रेस पार्टीबाट ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित कर्मा घलेको ५९ वर्षको उमेरमा यही २४ माघमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । 



‘कर्माको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ,’ संसदले पारित गरेको शोक प्रस्तावमा उल्लेख छ । 



शोक प्रस्ताव पारित गरेसँगै आगामी ३ फागुन बुधबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ । 







  • प्रकाशित मिति : माघ २९, २०७९ आइतबार १८:२३:९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया