प्रिमियर लिगमा युनाइटेडकाे सहज जित
फरकधार / १ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित हात पारेको छ । गएराति सम्पन्न खेलमा उसले लिड्स युनाइटेडविरुद्ध २–० को जित हात पारेको हो ।  



युनाइटेडको जितमा मार्कुस राशफोर्ड र एलेजान्ड्रो गर्नाचोले एक/एक गोल गरे । खेलको ८० औं मिनेटमा राशफोर्डले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए ।



खेलको ८५ औं मिनेटमा गर्नाचोले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए । यो जितसँगै युनाइटेडले २३ खेलमा ४६ अंक जोडेको छ । ऊ अंक तालिकाको तेस्रो स्थानमा छ ।



१७ औं स्थानमा रहेको लिड्सले १९ अंक जोडेको छ ।   







  • प्रकाशित मिति : फागुन १, २०७९ साेमबार ६:५४:२०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया