इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई ३–१ ले हराएको छ । गएराति सम्पन्न खेलमा सिटीको जितमा रोड्री, इल्के गुन्डोगान र रियाद महरेजले एक/एक गोल गरे ।
भिल्लाका ओली वाट्किन्सले एक गोल फर्काए । खेलको चौथो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । खेलको ३९ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दा सिटी २–० ले अघि बढ्यो ।
पहिलो हाफको इन्जुरी समयमा रियाद महरेजले पेनाल्टीबाट गोल गर्दा सिटीले ३–० को अग्रता लियो । ६१ औं मिनेटमा एस्टनका ओली वाट्किन्सले गोल गरे पनि सिटीले ३–१ को जित निकाल्न सफल भयो ।
यो जितसँगै सिटी फेरि दोस्रो स्थानमा उक्लिएको छ । उसले २२ खेलमा ४८ अंक जोडेको छ । २२ खेलबाट २८ अंक जोडेको भिल्ला ११ औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।