टर्की र सिरिया भूकम्पको एक हप्तापछि दुईजनाको जीवितै उद्धार

गत सोमबार बिहान टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई जनाको सकुशल उद्धार गरिएको छ । भूकम्पपछि भत्किएका भवनको भग्नावशेषमा करिब सात दिनसम्म फसेका एक बालक र ६२ वर्षीया महिलालाई चमत्कारिकरूपमा उद्धार गरिएको हो ।

सात वर्षीय बालकलाई दक्षिणपूर्वी टर्कीको हताय प्रान्तबाट उद्धार गरिएको हो भने नाफिज यिल्माजलाई नुर्डागीबाट उद्धार गरिएको छ । दुवैजना १६३ घण्टासम्म भग्नावशेषमा फसेका थिए ।

भूकम्पमा परी टर्की र सिरियामा गरी अहिलेसम्म ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । उद्धार कार्य जारी रहेको छ भने भूकम्पका कारण मृत्यु हुनेको संख्या अझै हजारौं रहेको हुनसक्ने अनुमान गरिएको छ ।

टर्कीको विपद् व्यवस्थापन निकायका अनुसार टर्कीका ३२ हजारभन्दा बढी व्यक्ति खोजी तथा उद्धारकार्यमा जुटेका छन् भने ८ हजार २९४ जना अन्तर्राष्ट्रिय उद्धारकर्ताले पनि उद्धार गरिरहेका छन् ।

बेलायती खोजी टोलीका एक सदस्यले आइतबार ट्विटरमार्फत् पोस्ट गरेको भिडियोमा एक उद्धारकर्ताले भग्नावशेषबाट बनेको सुरुङबाट तल झरेर हातायमा भग्नावशेषमा रहेका टर्कीका एक व्यक्तिलाई उद्धार गरिएको देखिन्छ । 

खोज टोलीहरू समय बित्दै जाँदा हराइरहेका थप व्यक्तिहरूको उद्धारमा खटिरहेका छन् । विशेषज्ञहरूले भग्नावशेषमा जीवित व्यक्तिहरू फेला पार्ने आशा प्रत्येक दिन धूमिल बन्दै गएको बताएका छन् । 



उद्धार टोलीहरूले सेन्सर र उन्नत खोजी उपकरणहरूको अभावमा काम गरिरहेको र यसले उद्धारमा ढिलाइ भएको बताएका छन् । ​उद्धारकर्ताहरूले सावधानीपूर्वक बेल्चा तथा अन्य हाते उपकरण भग्नावशेषलाई खन्न र अवरोध हटाउन बाध्य भएको बताएका छन् । 



  • प्रकाशित मिति : फागुन १, २०७९ साेमबार १३:१८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया