पार्टीले असहयोग गरेको भन्दै पूर्वराज्यमन्त्री वलीले त्यागिन् माओवादी केन्द्र

लुम्बिनी प्रदेशकी पूर्वराज्यमन्त्री विमलाकुमारी वलीले नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेकी छन् । पार्टीबाट सहयोग नपाएको र बेवास्ता गरेको भन्दै उनले माओवादी परित्याग गरेको घोषणा गरेकी हुन् ।

ओलीले माओवादी केन्द्र जिल्ला कमिटी दाङमा राजीनामा पत्रसमेत बुझाइसकेकी छन् । उनले आफ्नो राजनीतिक उतारचढावका बेला पार्टीले सहयोग नगरेको गुनासो गरेकी छन् ।

‘मलाई जबरजस्ती मन्त्री पदबाट राजीनामा दिन लगाइयो । त्यसपछि पार्टीले मलाई कुनै वास्ता गरेन । भूमिकाहीन बनायो,’ उनले भनिन्, ‘पार्टीले युज एन्ड थ्रो गर्‍यो, त्यसैले पार्टीबाट राजीनामा दिएकी हुँ,’ उनले भनेकी छन् ।

वली नेकपा एमालेका स्वर्गीय नेता उत्तरकुमार वलीकी श्रीमती हुन् । तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमारको सवारी दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट उनी प्रदेश सांसद निर्वाचित भएकी थिइन् । पछि उनले माओवादी केन्द्र रोजेकी थिइन् । 





  • प्रकाशित मिति : फागुन १, २०७९ साेमबार १३:२७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया