पछिल्लो २४ घन्टामा एकजना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४९ जनाको नमुना परीक्षण गर्दा एकजना संक्रमित फेला परेका हुन् ।
तिनीहरुको पिसिआरबाट ५४७ र एन्टिजोनवा २ जनाको नमुना परिक्षण गरिएको थियो ।
सो अवधिमा दुईजना डिस्चार्ज भएका छन् भने आज मात्रै २४५२ ले खोप लगाएका छन् ।
हाल संक्रमितको संख्या देशभरमा ६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।