विश्वकप क्वालिफायरमा नेपालको विजयी सुरुआत

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको छ । थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा १२७ रनको लक्ष्य पछ्याएको मलेसियाले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा ९२ रन मात्र बनाएपछि नेपालले ३४ रनको जित निकालेको हो । 

मलेसियाका लागि क्रिस्टिना बर्थ र विनिफ्रेड दूरी सिंघमले समान २१÷२१ तथा सासा आज्मीले १६ रन बनाइन् । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपालकी करुणा भण्डारी र सरिता मगरले समान दुई÷दुई विकेट लिए । कविता कुँवर र सीता रानामगरले समान एक÷एक विकेट लिए । 

यसअघि टस जितेको नेपालले पहिलो ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १२६ रन बनाएको थियो । नेपालका लागि सुरुआती ब्याट्सम्यान सीता रानामगरले ४२ रन जोडिन् । यस्तै, कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन् । 

त्यस्तै, काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले छ रन जोडिन् । मलेसियाका लागि दुराइ सिगम, शाशा आज्मी र जुमिका आज्मीले एक÷एक विकेट लिएका थिए । जितसँगै नेपालले एक खेलबाट दुई अंक जोडेको छ । 

दोस्रो खेल फागुन यही फागुन ९ गते थाइल्यान्डसँग, १० गते संयुक्त अरब इमिरेट्स (युएई), फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा छानिनेछ । 

एसिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा नेपाल, थाइल्यान्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउन्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । 





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १३:५६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया