शिकागो- अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विवादका क्रममा गोली हानाहान भएको छ । सोमबार अपराह्न भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला गरी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
मिचिगन राज्यको उत्तरी भागमा पर्ने केन्ट काउन्टीमा यो घटना भएको हो । अधिकारीहरूले थप विवरण दिन अस्वीकार गरेका छन् । उनीहरूले सर्वसाधारणलाई भने यसबाट कुनै खतरा नरहेको बताएका छन् । गोली हान्नेलाई नछाडिने उनीहरूको भनाइ छ । घटनाका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।