पाकिस्तानी प्रधानमन्त्रीले पुलवामा आक्रमणबारे मुख खोले

एजेन्सी– गत बिहिबार भारत प्रशासित कश्मिरको पुलवामामा भारतीय सैनिकमाथि भएको आक्रमणबारे पहिलो पटक पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अभिव्यक्ति दिएका छन् । उनले आफूहरुले स्थिरता चाहेकाले यस्तो षडयन्त्र आफूहरुले नरच्ने बताएका छन् ।

‘हामी स्थिरता चाहन्छौँ, यस्तो सोच्न पनि सक्दैनौँ,’ उनको भनाइलाई अन्तर्राष्ट्रिय सन्चारमाध्यमले उद्धृत गरेका छन्, ‘हामी त यसको छानबिनमा भारतलाई सहयोग गर्न तयार छौँ ।’ इमरानले बरु भारतले सबैभन्दा पहिले कश्मिरका युवा किन आफ्नो ज्यान दिन तयार भन्नेबारे सोधखोज गर्नु पर्ने अर्ति पनि दिएका छन् । उनले यसमा पाकिस्तानको जमिन प्रयोग भएको भए र दोषी भेटिए आफूहरुले कारवाही गर्ने पनि बताएका छन् ।

उनले आफूहरु साउदी अरबका राजकुमारको भ्रमणमा व्यस्त भएकाले यस विषयमा यसअघि कुनै जवाफ दिन नपाएको पनि स्पष्टिकरण दिएका छन् । आतंकवादलाई पाकिस्तानले सहयोग नगर्ने पनि उनको बताएका छन् ।





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १४:३०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया