राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार आरोपको मुद्दा चाँडै टुंग्याउनुपर्ने बताएकी छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘सन्दीप लामिछानेको मुद्दा हेरौँ, त्यो कहिले छिनोफानो गर्छौँ ?, यतिका समय लाग्ने हो भने आरोपितको नाम किन सार्वजनिक गरियो ?’
उक्त विषयमा पीडितलाई झनै मानसिक यातनाको जोखिममा धकेलेकोसमेत उनेको भनाइ छ । उनले प्रश्न गर्दै भनिन्, ‘राष्ट्रको प्रतिनिधि भएको व्यक्तित्वको यति ठूलो मुद्दालाई सामान्य बनाउन मिल्ला ? एउटा बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ? यो कार्यले पीडितलाई झनै मानसिक यातनाको जोखिममा धकेलेको छ ।’
न्यायापालिकाको काम चुस्तदुरुस्त, पारदर्शी र सबैको पहुँचमा हुनुपर्ने पनि उनले बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।