केन्द्रीय सदस्य वडाबाटै निर्वाचित हुनुपर्छ: नेता केसी

चितवन- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य पनि वडाबाटै निर्वाचित भएर आउनुपर्ने बताएका छन् ।  

नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महासमितिले दिएको सुझाव सबैले पालना गर्नुपर्ने बताए । उनले वडा तहबाटै निर्वाचित हुने विषयमा पार्टी सभापतिले समेत सम्बोधन गरेकाले यसलाई कसैले हटाउन नसक्ने बताए । वडा तहबाट नै निर्वाचित भएर केन्द्रीय समिति बन्यो भने पार्टी चलायमान हुने र कार्यकर्ताको भावनाको कदर हुने उनको भनाइ थियो । 

नेता केसीले कांग्रेस अनेक किसिमका आरोह-अवरोहका बीचमा पनि आफ्नो सिद्धान्तबाटपछि नहटेको बताए । कांग्रेसले अहिले समसामयिक रूपमा लोकतन्त्रसँग प्रत्यक्ष रूपमा सरोकार राख्ने विषयलाई उठान गर्दै आएको उनको भनाइ थियो । सरकारले भ्रष्टाचार शून्य बनाउने कुरा गरे पनि व्यवहारमा लागू नगरेको केसीको आरोप थियो । उनले भने, ‘प्रधानमन्त्रीले भ्रष्टचारीलाई हेर्न सक्दिन भन्नुहुन्छ, तर उहाँकै अगाडि एकपछि अर्को भ्रष्टाचारका काण्ड बाहिर आइरहेका छन् ।’





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १४:५२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया