गण्डकी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गएको १८ चैत बसेको मन्त्रिपरिषद् बैठकका अनुसार गण्डकीमा आज सार्वजनिक बिदा दिइएको हो ।
प्रदेश सरकार गठन भएपछि ४ फागुन २०७४ मा गण्डकीको मुख्यमन्त्रीका रूपमा पृथ्वीसुब्बा गुरूङले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
गण्डकी प्रदेशमा कास्की, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, बाग्लुङ, पर्वत, स्याङ्जा, तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) रहेका छन् ।
बुधबार लुम्बिनी प्रदेशले पनि स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।