इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आर्सनललाई हराएको छ । बुुधबार राति भएको खेलमा उसले आर्सनललाई ३–१ ले हराएको हो ।
आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन, ज्याक ग्रेलिस र एर्लिङ हालाण्डले एक/एक गोल गरे । आर्सनलका बुकायो साकाले एक गोल फर्काए ।
खेलको २४ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । ४२ औं मिनेटमा साकाले पेनाल्टीबाट गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको ७२ औं मिनेटमा ग्रेलिसले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । ८२ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।
यो जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले २३ खेलबाट ५१ अंक जोडेको छ । दोस्रो स्थानमा खस्किएको आर्सनलको पनि ५१ अंक छ । आर्सनलले सिटीभन्दा एक खेल कम खेलेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।