बुधबार राति ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।
उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आज बिहान १० बजेर ५७ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । अस्पतालका अनुसार हरिकलाको ७० प्रतिशत शरीर जलेको थियो ।
आमासँगै घाइते भएका सांसद भण्डारीको भने उपचार भइरहेको छ । कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।
गएराति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएका बताइएको छ ।
अस्पतालका अनुसार उनको अनुहार, दुवै हात र दुवै खुट्टाको भाग जलेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।