नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कीर्तिपुर अस्पताल पुगेका छन् ।
देउवासँगै अर्थमन्त्री विष्णु पौडेल,कांग्रेस उपसभापति धनराज गुरुङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक,कांग्रेस नेता बालकृष्ण खाणलगायत नेताहरू अस्पताल पुगेका हुन् ।
यसैबीच सभामुख देवराज घिमिरेले पनि अस्पताल पुगेर नेता भण्डारीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । बुधबार राति ग्यास सिलिण्डर पड्किएर सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए ।
उपचारका क्रममा नेता भण्डारीकी आमा हरिकलाको निधन भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।