प्रहरीको गाडी तोडफोड, आगजनी र मोबाइल लुटपाट आरोपमा १५ जना पक्राउ

यातायात मजदुरीको प्रदर्शनका क्रममा माछापोखरीमा प्रहरीको गाडी आगजनीमा संलग्न र मोबाइल पसल लुटपाट गरेको आरोपमा थप १५ जना पक्राउ परेका छन् । 

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । त्यस्तै, मोबाइल पसल लुटपाटमा संलग्न थप तीनजना पक्राउ परेका छन् । 

यसअघि काठमाडौं प्रहरी परिसरले आगजनीमा संलग्न ६ जना र लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको थियो । गत आइतबार यातायात मजदुरको प्रदर्शनका क्रममा प्रहरीका दुईवटा गाडीमा आगजनी भएको थियो ।  

साथै, ल्होत्से मलभित्रको मोबाइल पसलमा पनि लुटपाट भएको थियो । 





  • प्रकाशित मिति : फागुन ४, २०७९ बिहीबार १३:१३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया