पोखरा म्याराथनको उपाधि रिमाललाई

कास्की– तेह्रौँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जितेका छन् । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आज भएको प्रतियोगितामा दुई घन्टा ४० मिनेट १० सेकेन्डको समयमा निर्धारित दूरी पार गर्दै उनले उपाधिसहित नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

पोखरा रंगशालाबाट सुरु भएको म्याराथन पोखराका विभिन्न स्थान परिक्रमा गर्दै पुन रंगशालामा नै आएर टुंगिएको थियो । त्यस्तै, सशस्त्र प्रहरीका खिमबहादुर खत्रीले दोस्रो स्थान हासिल गरे । दुई घन्टा ४० मिनेट २० सेकेन्डको समयमा लक्ष्य पूरा गरेका उनले ७० हजार रुपैयाँ पुरस्कार पाए । 

नेपाल प्रहरीका भूमिराज राईले तेस्रो स्थान हासिल गर्दै ५० हजार रुपैयाँ पुरस्कार पाए । उनले दुई घन्टा ४१ मिनेटको समयमा निर्धारित दूरी पार गरेका थिए । सान्त्वना भएका सेनाका पूर्ण तामाङले सात हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । 

विजेता खेलाडीलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, मुख्य प्रायोजक लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, प्रदेशसभाका सदस्य कृष्ण थापालगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । 

प्रतियोगितामा म्याराथनसहित १० किलोमिटर महिला तथा पुरुष दौड, पाँच किलोमिटर छात्र तथा छात्रा दौड, अपांगता भएका लागि ४०० मिटर पुरुष तथा १०० मिटर महिला र १०० मिटर दृष्टीविहीन ह्विलचियर प्रतियोगिता गरी आठ इभेन्टमा प्रतिस्पर्धा भएको थियो । 





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १५:५५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया