काठमाडौं– सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरु भएको चौथो चरणको पहिलो खेलमा टुसाल युथ क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा टुसाल युथ क्लबले मध्यपुर युथ एसोसिएसनलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै टुसाल १० अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
टुसालको जितमा एलोन राईले गोल गरे । उनले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । पराजित मध्यपुरको भने ६ अंक छ । विभिन्न १२ टोलीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगिताको विजेता टोलीले आठ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।