भारतबाट मूल्य घटेर आयो पेट्रोलियम पदार्थ

भारतले घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो । 

जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८ रुपैयाँले घटेर आएको हो ।

यसअघि भारतले मूल्यवृद्धि गरेर नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले गत २३ माघमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । 

पेट्रोल, डिजेल र मट्टीतेलमा ३–३ रुपैयाँ वृद्धि हुँदा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको थियो भने डिजेल र मट्टितेलको मूल्य १७५ पुगेको थियो। 

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको थियो ।





  • प्रकाशित मिति : फागुन ४, २०७९ बिहीबार १९:३२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया