सोनु निगमलाई के भएर अस्पताल भर्ना गरियो ?

काठमाडौं– केही दिनअघि भारतीय गायक सोनु निगम नेपाल आएका थिए । यसको एउटै उद्देश्य थियो– उनको नयाँ गीतको म्युजिक भिडियो सुट गर्नु । छालामा एलर्जी भएपछि लामो समय अस्पतालमा र घरमा रेस्ट गरेका सोनु ठिक भएलगत्तै नेपाल आइपुगेका थिए । उनको गीतको सुटिङ पोखरामा हुने भनिएको थियो । 

तर, उनी मंगलबार थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना भए । ढाडमा समस्या देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो । दिउँसो अस्पताल पुर्याइएका निगमलाई आजै डिस्चार्ज गरेर होटल लगिन सक्ने अस्पताल स्रोतले जनाएको छ । आज डिस्चार्ज नभए उनलाई भोलिसम्म अस्पतालमा नै राखिने छ ।

अस्पतालमा उनको एक्सरे, रगत जाँच तथा एमआरआई गरिएको अस्पतालले जनाएको छ । एमआरआईको रिपोर्ट आएपछि सोनुलाई अस्पतालमै राखिने वा होटल फर्काइने भन्ने निर्णय गरिने अस्पताल स्रोतले जनाएको छ ।
 





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १६:१२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया