राजर्षि जनक कप : संकटा क्लबलाई पराजित गर्दै जावलाखेल फाइनलमा प्रवेश

जावलाखेल युथ क्लब ललितपुर सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। संकटा क्लबलाई पराजित गर्दै जावलाखेल फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनल खेलमा जावलाखेल युथ क्लब ललितपुर १–० गोल अन्तरले विजयी भएको हो। खेल बिहीबार बागमती नगरपालिका–११ स्थित सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको हो ।

जावलाखेल युथ क्लब ललितपुरले कम्तीमा उपविजेता बन्ने पक्का भएको छ । सो उपाधिबापत उसले कम्तीमा ५ लाख पाउने पक्का भएके हो । 

खेलको ४९ औँ मिनेटमा जावलाखेलका सुनिल खड्काले पहिलो गोल गर्दै टिमलाई १–०को अग्रता दिलाए । जावलाखेलका हिसुव थपलियाको क्रस पासमा खड्काले गोल गरेका हुन्। 

निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट थप गोल हुन नसकेपछि जावलाखेल १–०ले विजयी भएको हो । हिसुव थपलिया खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ट्रफी र १० हजार पुरस्कार प्राप्त गरेका छन् । 
 
अब जावलाखेलले शुक्रबार हुने दोस्रो सेमिफाइनल खेलका विजेता टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। शुक्रबार दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँ र सुदूरपश्चिम–११, धनगढीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेता टोलीले नगद १० लाख राजर्षि जनक कप र उपविजेता टोलीले नगद ५ लाख प्राप्त गर्नेछन्। फागुन ७ गते फाइनल खेल हुनेछ ।





  • प्रकाशित मिति : फागुन ४, २०७९ बिहीबार २२:२४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया