मेलम्चीकाे काम छाडेर भागेको सिएमसीसँग तनहुँ हाइड्रोले पनि तोड्यो सम्झौता

काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको काम बीचैमा छाडेर भागेको इटालियन कम्पनी सिएमसीसँग तनहुँ हाइड्रोपावरले पनि सम्झौता रद्द गरेको छ । तनहुँ हाइड्रोपावरले सिएमसीसँग काम गर्ने सम्झौता गर्दै यसअघि काम थाल्न २८ दिने समय दिएको थियो । तर, शुक्रबार २८ दिन पुग्दा पनि सिएमसी साइटमा नगएकाले यो सम्झौता रद्द गर्न हाइड्रोपावरले सम्झौता रद्द भएको चिठी दिएको हो ।

सिएमसीसँग सम्झौता रद्द भएसँगै नयाँ प्रक्रियाबाट काम थालनी हुने हाइड्रोपावरले जनाएको छ । योसँगै सिएमसीले सम्झौता गर्दा राखेको १ अर्ब ९७ करोड धरौती पनि जफत गर्न सकिने तनहुँ हाइड्रोपावरले जनाएको छ । 

१४० मेगावाट क्षमताको तनहुँ हाइड्रोपावरको काम सिएमसीले गर्ने भनेपनि मेलम्चीको काममा आफूलाई घाटा भएको भन्दै उसले आर्थिक समस्या देखाएको थियो । त्यसपछि कम्पनी नेपालबाट भाग्यो । कम्पनीलाई के गर्ने भन्ने नेपाल सरकारले अहिलेसम्म निर्णय गर्न सकेको छैन । 
 






  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १६:२४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया