इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी घरेलु मैदानमै पराजित भएको छ । गएराति सम्पन्न खेलमा ऊ साउथह्याम्पटनसँग १–० गोल अन्तरले पराजित भएको हो ।
पुछारमा रहेको साउथह्याम्पटनको जितमा जेम्स वार्ड प्राउसले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा फ्रि–किकमार्फत गोल गरेका थिए ।
यो जितसँगै साउथह्याम्पटनले २३ खेलबाट १८ अंक जोडेको छ । ऊ २० औं स्थानमा रहेको छ । चेल्सी ३१ अंकका साथ दसौँ स्थानमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।