दलीयभन्दा राष्ट्रिय स्वार्थलाई माथि राख्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दलीयभन्दा राष्ट्रिय स्वार्थलाई माथि राख्न सबैमा आग्रह गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण जन आन्दोलन र राष्ट्रिय आवश्यकताबाट स्थापित लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनु अहिलेको राष्ट्रिय आवश्यकता भएको बताए । 

सो भेटमा प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्दै मुलुकलाई विकास र समृद्धितर्फ लान सबैको भूमिका आवश्यक रहेकामा जोड दिएका थिए । 

प्रधानमन्त्री ओलीसमक्ष राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्थासहित सबै दल अटाउने गोलमेच सम्मेलन गर्न र हिन्दू राष्ट्र स्थापनालगायत २२ बुँदे माग पेस गरेका थिए । राप्रपाले सबै प्रदेश र जिल्लामा सो मागपत्र बुझाउने कार्यक्रम तय गरेको थियो । 





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १७:४४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया