भारतले आक्रमण गरे चुपचाप नबस्ने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा

एजेन्सी— पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पुलवामा आक्रमणलाई लिएर पाकिस्तानमाथि लगाइएका आरोपलाई खारेज गर्दै भारतले पाकिस्तानमाथि आक्रमण गरेर पाकिस्तान चुप नबस्ने बताएका छन् । उनले भारतको आक्रमणको जवाफ दिन पाकिस्तान तयार रहेको पनि बताएका छन् ।

१४ फ्रेबुअरीमा भारत प्रशासित कश्मीरको पुलवामा जिल्लामा सिआरपिएफ सैनिकमाथि भएको आक्रमणमा ४० भारतीय सैनिकको निधन भएको थियो । यो घटनामा पाकिस्तानको हात रहेको भारतले आरोप लगाएको छ । घटनाको जिम्मेवारी पाकिस्तानस्थित संगठन जैश ए मोहम्मदले लिएको थियो । 

तर, इमरान खानले यसमा आपत्ति जनाउँदै भनेका छन्, ‘पहिलो कुरा त कुनै प्रमाणविना आरोप लगाइएको छ । पाकिस्तान त्यति बेला साउदीका राजकुमारको भ्रमणमा व्यस्त थियो । अब पाकिस्तान स्थायित्वतिर बढिरहेको समयमा हामी किन यस्तो गथ्र्यौँ ?’

उनले यस्ता आक्रमण गरेर पाकिस्तानलाई कुनै फाइदा नभएको र अहिले नयाँ पाकिस्तानको चाहना यस्तो आक्रमण गर्ने पनि नभएको बताएका छन् । 

पाकिस्तानी प्रधानमन्त्रीले कश्मीरको विषयमा वार्ता गर्न पनि भारतीय नेतृत्वलाई आमन्त्रण गरेका छन् । उनले भनेका छन्, ‘म यो अफर गरिरहेको छु कि आउनुहोस् र छानबिन गर्नुहोस् । यदि कसैले पाकिस्तानी भूमि प्रयोग गरेर यो आक्रमण गरेको भए ऊ पाकिस्तानको पनि दुश्मन हो ।’

इमरानले भारतले अनाहकमा आक्रमण गरे त्यसको जवाफ दिनुको विकल्प आफूसँग नभएको पनि बताएका छन् । 



उनले भने, ‘वार्ताबाट मुद्दाको समाधान हुन्छ भने के भारतले यसबारे सोच्नु पर्दैन ? भारतका मिडिया र राजनीतिमा सुनिएको छ कि पाकिस्तानमाथि बदला लिने र आक्रमण्न गर्ने । यदि पाकिस्तानमाथि आक्रमण भयो भने के पाकिस्तानले सोच्ला ? सोच्दैन, पाकिस्तानले पनि जवाफ दिन्छ ।’

तर, यसले समस्याको समाधान नहुने र स्थिति झन् बिग्रने पनि उनले बताएका छन् । उनले बुद्धिमता प्रदर्शन गर्दै अगाडि बढ्नु पर्ने पनि बताएका छन् । समस्या हल गर्न अफगानिस्तानसँग भएको वार्ताजस्तै अर्को वार्ता गर्न सकिने पनि उनले बताएका छन् ।



 

याे पनि पढ्नुहाेस्:

o यी ‘चरमपन्थी’ जसले भारतीय सैनिकमाथि आक्रमण गरे

  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १८:२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया