राष्ट्रपतिबाट आम माफी पाएका सांसद चौधरी छुटे
फरकधार / ७ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्बिर

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद अरुणकुमार चौधरी रिहा भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएपछि चौधरी आज बिहान रिहा भएका हुन् ।   



१३ वर्षको पुरानो आगजनी मुद्दामा दोषी ठहर सांसद चौधरी गएको माघ १९ गते बाँकेबाट पक्राउ पर्नु भएको थियो । उनी २० गते चलान भएका थिए ।



थरूहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ साल भदौ ३ गते ट्रयाक्टर जलाएको घटनामा २०७० साल वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजना विरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।  



उनी गत ४ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा कैलाली–२ बाट विजयी भएका थिए । 







  • प्रकाशित मिति : फागुन ७, २०७९ आइतबार १२:११:१३,   अन्तिम अपडेट : फागुन ७, २०७९ आइतबार १२:११:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया