पाकिस्तानी गायकलाई आउट गर्दै सलमानले फिल्मको गीत आफैं गाउने

एजेन्सी– पाकिस्तानी गायक आतिफ असलमलाई निस्काषन गर्दै बलिउड अभिनेता सलमान खानले फिल्म ‘नोटबुक’का लागि आफैं गीत गाउने भएका छन् । यो फिल्मका निर्माता पनि स्वयं सलमान खान नै हुन् । पुलवामामा भएको आक्रमणपछि सलमानले यो निर्णय गरेको भारतीय मिडियाले जनाएका छन् ।

त्यसो त सलमानले यसअघि पनि आफ्ना फिल्मका लागि आफैं गीत गाएका छन् । अर्कोतिर टिसिरिजले पनि पाकिस्तानी गायक आतिफका गीत आफ्नो युट्युबबाट हटाएको छ । उसले अब पाकिस्तानी गायकलाई आफ्नो युट्युबमा नराख्ने जनाएको छ । 

पुवामामा भएको आक्रमणपछि सलमानले आफ्नो एनजिओ बिइङ ह्युमनमार्फत् ज्यान गुमाएका सैनिक परिवारलाई सहयोग गर्ने वाचा गरेका छन् । 
 





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १८:५१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया