पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठको निधन

वामपन्थी अगुवा एवं पूर्व स्वास्थ्यमन्त्री डा. मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।  

८८ वर्षीय श्रेष्ठलाई दश दिनअघि अस्पताल भर्ना गरिएको थियो । नेपाली चिकित्सा क्षेत्रमा डा. श्रेष्ठले ठूलो योगदान गरेका छन् । उनी कम्युनिटी मेडिसिनका प्राध्यापक हुन् । 

चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमको स्थापनामा पनि उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । २०४६ सालको जन आन्दोलनपछि स्वर्गीय कृष्णप्रसाद श्रेष्ठको नेतृत्वमा गठन भएको अन्तरिम सरकारको मन्त्रिमण्डलमा प्रा.डा. श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका थिए । 

नेपालको राजनीतिक परिवर्तनका क्रममा चिकित्सकहरूलाई आन्दोलनमा ल्याउन पनि उनको नेतृत्वदायी भूमिका रहेको छ । श्रेष्ठको निधनमा एमाले अध्यक्ष ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।  





  • प्रकाशित मिति : फागुन ८, २०७९ साेमबार ८:४९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया