सांसद विकास कोषको रकम हिनामिना गरेको भन्दै १८ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं– सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा सल्यानका तत्कालीन स्थानीय विकास अधिकारीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सांसद विकास कोषबाट सल्यानको बागचौर नगरपालिका–५ बांगेलाकुरी बजारमा विद्युत लाइन विस्तारका लागि छुट्याइएको १० लाख रुपैयाँ हिनामिना भएको ठहरसहित अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा १० कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी र एक सामान सप्लायर्सलाई विपक्षी बनाइएको छ ।

भ्रष्टाचार मुद्दामा तानिनेमा तत्कालीन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझी, प्रमख जिल्ला इन्जिनियर जगदीश शर्मा, लेखा अधिकृत प्रकाश केसी, बागचौर नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत निर्मला मल्ल, लेखा अधिकृत तोरणप्रसाद घिमिरेलगायत छन् ।

विद्युत लाइन विस्तारका लागि सभासद कोषबाट १० लाख र साविक शिवरथ गाविसबाट ५ लाख रुपैयाँ छुट्याइएकोमा उपभोक्ता समितिले पोल गाड्ने काम मात्र गरेको र अन्य काम नगरी हिनामिना गरेको अख्तियारको ठहर छ । त्यसमा तत्कालीन एलडिओसहित जिविसका कर्मचारीको मिलेमतो भएको उसको दाबी छ ।





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १९:६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया