नेपाल पर्यटन श्रमिक संघको अध्यक्षमा ईश्वरप्रसाद लामिछाने

नेपाली कांग्रेसनिकट नेपाल पर्यटन श्रमिक संघको अध्यक्षमा ईश्वरप्रसाद लामिछाने निर्वाचित भएका छन् । संघका सोमबार राति सम्पन्न तेस्रो महाधिवेशनले उनको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । 

संघको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण गुरुङ, उपाध्यक्षमा केशव मैनाली, लोकबहादुर गुरुङ र मिलन अधिकारी, महासचिवमा प्रकाश रिजाल र टेकबहादुर गुरुङ, उपमहासचिवमा दीपेन्द्र धरेल र सुरज तामाङ, कोषाध्यक्षमा नवराज सुवेदी क्षेत्री र सहकोषाध्यक्षमा सुर्चबहादुर तामाङ निर्वाचित भएका छन् ।

यस्तै, सदस्यमा टोपनारायण श्रेष्ठ, लोकबहादुर रावल, हरि अधिकारी, दीपक रेग्मी सौगात गुरुङ, पवन तामाङ, राहुल तामाङ, कृष्ण थापा, विकास नगरकोटी, दिलमान गुरुङ, राजेश्वर अम्गाईँ र सुजल गुरुङ निर्वाचित भएको निर्वाचन समितिका सदस्य रूपेशराज सिग्देलले जानकारी दिए । संघको सल्लाहकारमा निवर्तमान अध्यक्ष दिपेन्द्र (कपिल) पाण्डेलाई चयन गरिएको छ ।  

पर्यटन क्षेत्रमा कार्यरत मजदुर मिलेर २०६६ सालमा स्थापना गरिएको उक्त संघमा हाल १ हजार ४ सय पदयात्री, आरोही, जलयात्री, ‘टुर’ जङ्गल सफारी गाईडलगायत आवद्ध छन् ।    





  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार १२:२५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया