गण्डक नहरमा हाम फालेका आमासहित दुई छोराको शव फेला
प्रतीकात्मक तस्बिर

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२, हरकपुरस्थित गण्डक नहरमा डुबेर तीनजनाको मृत्यु भएको छ ।

स्थानीय तीर्थराम थारूकी २९ वर्षीया पत्नी प्रतिमा थारू आफ्ना ९ वर्षीय क्रिस र ७ वर्षीय छोरा सुमितसहित मंगलबार दिउँसो नहरमा हाम फालेकी थिइन् ।

नहरमा बेपत्ता आमा–छोराको खोजी गर्ने क्रममा हाम फालेको स्थानभन्दा सय मिटर पश्चिममा तीन आमा–छोराको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेका अनुसार कुर्था–सुरुवालको सलले दुई छोरालाई कम्मरमा बाँधेको अवस्थामा शव फेला परेको छ ।   

बच्चासहित हाम फालेकी महिलाको मानसिक अवस्था ठीक नभएको प्रारम्भिक जानकारी आएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार ७:३९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया