सुरु भयो एकमहिने नेपाल–भारत महोत्सव

काठमाडौं– नेपाल र भारतबीचका समानतालाई नेपालका नयाँ पुस्तामाझ परिचित गराउने उद्देश्यले ‘नेपालमा भारत महोत्सव’ सुरु भएको छ । 

एक महिनासम्म संघीय राजधानी काठमाडौंलगायत नेपालका प्रमुख सहरहरूमा चल्ने हुने उक्त महोत्सवको आज एक समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले संयुक्त रुपमा उद्घाटन गरे । 

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मदेखि निर्वाणसम्मको जीवनयात्रालाई नृत्यका माध्यमबाट अभिव्यक्त गरिएको नृत्य नाटिकाबाट महोत्सव प्रारम्भ भएको हो ।

महात्मा गान्धीको १५०औँ जन्मजयन्तीको सन्दर्भसमेत यसै वर्ष परेकाले महोत्सवअन्तर्गत महिनाभर वक्तृत्वकला प्रतियोगिता, संस्कृत सम्मेलन र नृत्य नाटिकालगायत विविध सांस्कृतिक कार्यक्रम हुनेछन् । 

गौतमबुद्धको जीवनयात्रा नृत्य नाटिकामा भारतको प्रसिद्ध सुमित र ए समूहका कलाकार सहभागी छन् । 





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार २०:२०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया