एमालेलाई दुर्गा प्रसाईँको प्रश्न- राजावादीसँग गठबन्धन गर्ने ओलीलाई कारबाही हुनुपर्दैन?

नेकपा एमालेका पूर्वनेता दुर्गा प्रसाईँले आफूले पूर्वराजाबाट अभियान सुरु गर्दा कारबाहीमा पर्नुपर्ने भए राजावादीसँग गठबन्धन गर्ने अध्यक्ष केपी शर्मा ओलीलाई पनि कारबाही हुनुपर्ने बताएका छन् ।

एमाले छाडेर नागरिक बचाऔँ अभियान सुरु गर्ने क्रममा धनगढी पुगेका प्रसाईँले यस्तो बताएका हुन् ।  

‘केपी हजुरबुबाले मलाई पानसमा पूर्व राजाबाट दियो बालेकै कारण कारबाही गर्नुपर्ने, उहाँले त राजावादीसँग गठबन्धन गरेर सरकार चलाइ राख्नुभएको छ । उहाँलाई कारबाही हुनुपर्ने होइन र?,’ प्रसाईँले प्रश्न गरे । 

उनले आफूलाई एमालेले नभइ आफूले नै केन्द्रीय सदस्य पद त्यागेको पनि बताए । ‘म पनि केपी हजुरबुबालाई तपाईँको केन्द्रीय सदस्य तपाईँ नै राख्नुस् भनेर पार्टीबाट निस्किएँ,’ प्रसाईँले भने ।   





  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार १३:२९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया