राष्ट्रपति निर्वाचनका लागि मतदाताको नामावली सार्वजनिक (सूचीसहित)

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाताको नामावली सार्वजनिक गरेको छ। जसमा संघीय संसद्का ३३१ र प्रदेश सभाका ५५० सदस्य छन्।

प्रतिनिधि सभा र राष्ट्रिय सभामा ३३४ सदस्यमध्ये रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन–२ मा प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको छ।

त्यस्तै, प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङ र अरुणकुमार चौधरीले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने भएका छन्। कांग्रेस सांसद गुरुङ भ्रष्टाचारको अभियोगमा निलम्बनमा छन्।

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी ट्रयाक्टरमा आगजनी गरेको मुक्तामा गत माघ १९ गते पक्राउ परेका थिए। प्रहरीले पक्राउ गरेसँगै उनलाई निलम्बन गरिएको थियो।

निर्वाचन अधिकृतको कार्यालयले बुधबार ८८१ मतदाताको नामावली सार्वजनिक गरेको हो। राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदै छ। त्यसका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ।





  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार १८:४१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया