पुरानो गठबन्धन ब्युँताउन प्रचण्ड सकारात्मक, भोलि निर्णय दिने

नेपाली कांग्रेसले राष्ट्रपतिमा आपूलाई सहयोग गर्न गरेको आग्रहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक जवाफ दिएका छन् । बुधबार साँझ बालुवाटारमा भएको छलफलमा प्रचण्डले राष्ट्रपतिबारे चाँडै निर्णय दिने वचन दिएको कांग्रेस नेताहरुले दाबी गरेका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डसँग पुरानै चुनावी गठबन्धन ब्यूँताउने औपचारिक प्रस्ताव राखेका थिए। उक्त सर्त अनुसार कांग्रेसलाई राष्ट्रपति दिन प्रचण्ड सकारात्मक भएको बताइएको छ। 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले छलफल सकारात्मक भएको बताए । भोलि पुनः भेटेर निष्कर्ष निकालिने उनको भनाइ छ । 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार सभापति शेरबहादुर देउवासहित बालुवाटार पुगेका कांग्रेस नेताहरुले प्रचण्डसँग राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका थिए । 

खड्काका अनुसार जवाफमा प्रचण्डले आफूले चाँडै निर्णय दिने बताएका छन् । पार्टीले राष्ट्रपतिको विषयमा निर्णय गर्ने जिम्मेवारी आफूलाई दिएको भन्दै प्रचण्डले सो विषयमा सकारात्मक रहेको र चाँडै निर्णय दिने बताएका थिए । 





  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार २१:५६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया