‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णय गलत : ओली
फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णय गलत भएको बताएका छन् । अध्यक्ष ओलीले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ मनाउने गरी सरकारले गरेको निर्णय सही नभएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले नेपाली जनता हिंसाको पक्षमा नरहेको बताए । एमाले अध्यक्ष ओलीको आज परेको ७२औँ जन्मदिनको अवसर पारेर बालकोटस्थित उनकै निवासमा नेपाल अफ्रो एशियाली जनएकता संगठनले आयोजना गरेको पुस्तक विमोचनमा उनले त्यस्तो बताएका हुन् ।

संगठनले प्रकाशन गरेको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन गर्दै उनले नेपाली जनतालाई अब कुनै पनि प्रकारको हिंसा मान्य नहुने बताए । 





  • प्रकाशित मिति : फागुन ११, २०७९ बिहीबार १४:५४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया