नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा ब्युँताएमा आफू राष्ट्रपतिको उम्मेदवार बन्न तयार रहेको बताएका छन् ।
बिहीबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्ताका क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन्।
फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि आगामी १३ गते मनोनयन दर्ताको कार्यतालिका छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई राष्ट्रपति बनाएर गठबन्धन जोगाउन प्रस्ताव गरेका छन् ।
पोखरेलसँग बिहीबार काठमाडौंमा भएको वार्ताका क्रममा नेपालले नेकपा ब्युँताउने प्रस्ताव अघि सारेका हुन् । अध्यक्ष नेपालले त्यसका लागि प्रचण्ड पनि नेकपा ब्युँताउन तयार हुनुपर्ने प्रस्ताव राखेका हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।