राष्ट्रपति निर्वाचनको सरगर्मी बढिरहँदा चुनावअघिको गठबन्धनका तीन दलको बैठक सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीचको छलफल सकिएको हो ।
बिहीबार सिंहदबारमा बसेको बैठकमा राष्ट्रपतिको निर्वाचनमा मिलेर अघि बढ्ने विषयमा छलफल भएको छ । छलफल जारी रहेको र भोलि फेरि बस्ने सहमति भएको बताइएको छ ।
भोलि बिहान कांग्रेससँग छलफल भएपछि चुनावअघिको पुरानो गठबन्धन ब्युँतिनेबारे निर्णय हुने एक नेताले बताए ।
भोलि बिहान कांग्रेससहितको चारदलीय बैठक बस्दै छ । यसअघि बुधबार कांग्रेस र माओवादीका नेताहरुको बैठकले पुरानो गठबन्धन ब्युँताउने अनौपचारिक सहमति गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।