कांग्रेस माओवादीसहित चार दलको बैठक बालुवाटारमा जारी
फाइल फाेटाे

आसन्न राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारमा सहमति जुटाउन दलहरूले छलफललाई तीव्र पारेका छन् । अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा कांग्रेस, माओवादीसँगै जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु पनि सहभागी छन् ।

राष्ट्रपतिका विषयमा छलफल गर्न कांग्रेसबाट सभापति शेरबहादुर देउवासँगै रामचन्द्र पौडेल, पूर्ण बहादुर खड्कालगायतका नेताहरू बालुवाटार पुगेका छन् । 

१० पुसमा प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त हुँदा राष्ट्रपति एमालेले पाउने सहमति भएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति आफ्नो पार्टीले पाउनु पर्ने अडान राखिरहेका छन् । 

तर प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिको नाममा राष्ट्रपति नेपाली कांग्रेसलाई दिनुपर्ने अडामा छन् । २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ । 





  • प्रकाशित मिति : फागुन १२, २०७९ शुक्रबार ९:५०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया