कर्मचारी आन्दोलित, सेवा अनिश्चितकालका लागि बन्द

रौतहटस्थित नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका कर्मचारीहरुले कार्यालयबाट प्रवाह हुने सेवा अनिश्चितकालका लागि बन्द गरेका छन् । गत फागुन ५ गते शुक्रबार स्थानीय त्रिभुवन साह उर्फ अमर साह र धिरज पाण्डेको नेतृत्वमा प्राधिकरणको कार्यालयमा पुगेको टोलीले कर्मचारीमाथि हातपात गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । 

अमर र धिरजको नेतृत्वमा करिब २०/ ३० जनाको समुहमा पुगेका उनीहरुले सो कार्यालयका सहायक इन्जिनियर महेन्द्र चौधरीलाई विद्युत प्राधिकरणको विनियमावली विपरित अनाधिकृत रुपमा बिना मिटर डाइरेक्ट (हुकिङ्ग) लाइन जडान गर्न दबाब दिएका थिए । 

चौधरीले त्यस्तो गर्न नमान्दा उनीहरुले उनलाई कुटपिट तथा गालिगलौज गर्दै अपहरणशैलिमा जबर्जस्ती गाडीमा राखेर लगी अनाधिकृत रूपमा डाईरेक्ट (हुकिङ्ग) लाइन जडान गराएका थिए ।

कर्मचारीहरुले घटनामा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कारवाहीका लागि प्राधिकरणको स्थानीय कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा फागुन ८ पेश गरेको किटानी जाहेरी हालसम्म पनि दर्ता नभएको र घटनाका दोषीहरुलाई कुनै कारवाहीसमेत नभएकोले कर्मचारीहरु बाध्य भएर कार्यालय बन्द गरि आन्दोलित बनेका छन् । 

सो घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही नभएसम्म नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रबाट प्रवाह हुने अति आवश्यक सेवाबाहेक सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको हो । 





  • प्रकाशित मिति : फागुन १२, २०७९ शुक्रबार १५:३६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया