नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवारी दिने बताएका छन् । संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग छोटो कुरा गर्दै ओलीले त्यस्तो बताएका हुन् ।
उनले यस अघिको सहमति अनुसार नै एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिनेसमेत बताए । ‘भोलि मनोनयन हुन्छ,’उनले भने, ‘एमालेको हुन्छ भनेर पुस १० गते नै टुंगो लगाएका छौं ।’
गठबन्धनमा त खटपट देखिएको छ नि भन्ने प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘अरू घटनाक्रम हामीलाई थाहा छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।