राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने ८ दलबीच सहमति

आसन्न राष्ट्रपति निर्वाचनमा ८ दलबीच राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने सहमति भएको छ । शुक्रबार बालुवाटारमा बसेकाे बैठकमा कांग्रेस उम्मेदवारलाई सघाउन ८ दल सहमत भएका हुन् ।  

‘आज राष्ट्रपतिको मात्र कुरा भयो । कांग्रेसको उम्मेदवारलाई सघाउन हामी ८ दल सहमत भयौँ,’ एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले भने ।

बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भएको थियो ।

आज बिहान बसेको बैठकमा कांग्रेससँगै एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो । शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ । 





  • प्रकाशित मिति : फागुन १२, २०७९ शुक्रबार १९:५०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया