राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने जसपाको निर्णय
कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा प्रस्तावित रामचन्द्र पौडेल / फाइल तस्विर

जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । शुक्रबार राति पार्टी कार्यालयमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

शुक्रबार नै आठ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएलगत्तै जसपाको बैठकले औपचारिक निर्णय गरेको हो । 

यसैगरी उपराष्ट्रपति जसपाले पाउने गठबन्धन दलहरूबीच सैद्धान्तिक सहमति भए पनि पार्टी बैठकमा उपराष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल नभएको उनको भनाइ छ ।





  • प्रकाशित मिति : फागुन १३, २०७९ शनिबार १२:५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया