नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एमाले नेता योगेश भट्टराईले जानकारी दिए । उनले राष्ट्रपतिमा जित्ने दाबीसमेत गरेका छन् ।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुवास नेम्वाङ राष्ट्रपति उम्मेदवार । बधाई छ सुवास दाई । जितिन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।