ओलीले भने– प्रचण्डले सहमति पूरा गर्नुहुन्छ, २५ गते थाहा पाउनु हुन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गतेको सहमतिअनुसार नै राष्ट्रपति चयन हुने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष ओलीले सहमतिबाट कोही भाग्न नसक्ने पनि बताएका छन् । 

ओलीले पूर्वसहमति अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा एमाले उम्मेदवार नेम्वाङलाई समर्थन गर्नेसमेत विश्वाससमेत व्यक्त गरेका छन् ।  

‘हाम्रो उम्मेदवार दाउपेचको होइन, पुस १० गते नै टुंगो लागिसकेको हो, हामीले बाहिर नल्याएका मात्रै हौँ,’ ओलीले सञ्चारकर्मीसँग भने, ‘सहमति पूरा गर्नुहुन्छ भन्ने विश्वास लिएका छौँ, वचनबाट कोही पनि पछि हट्न सक्दैन ।’ 

८ दलीय गठबन्धन नै नबनेको जनाउँदै ओलीले हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दललाई मात्र बोलाइएको मात्र टिप्पणी गरेका छन् । ‘प्रचण्डजीले समर्थन कसरी भन्नुभयो ? कहीँ बिग्रिएको छैन, त्यो २५ गते थाहा पाउनुहुन्छ,’ उनले भने ।  





  • प्रकाशित मिति : फागुन १३, २०७९ शनिबार १६:१४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया