चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ

धनुषा प्रहरीले चोरी गर्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका–१ बस्ने २२ ऋषिकुमार ठाकुर रहेको प्रहरीले जनाएको छ । 

धनुषाको मिथिला बिहारी नगरपालिका–६ तारापट्टि बस्ने श्याम साहको घरमा चोरी गरिरहेको अवस्थामा ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश गौतमले जानकारी दिए । 

ठाकुरलाई साहको घरभित्र प्रवेश गरी चोरी गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तारापट्टीबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको थियो । 
यता, चोरी गरिरहेकै क्रममा पक्राउ परेका ठाकुरमाथि घटनास्थलमै कारबाही हुनुपर्ने माग गर्दै पीडित परिवार र स्थानीयले चक्काजाम गर्दै टायर बालेर विरोध प्रदर्शन पनि गरेका थिए । 

पीडित परिवारले चोरी गरिरहेकै क्रममा पक्राउ परेका ठाकुरलाई आफूहरुले नै ठाउँका ठाउँ कारवाही गर्न पाउनुपर्ने अडान राख्दा प्रहरीसँग भनाभनसमेत भएको डिएसपी गौतमले बताए । 

तर, पीडित परिवारले भने प्रहरीले चोरलाई संरक्षण दिएर भगाउन खोज्दा आफूहरुले विरोध जनाएको बताएको छ । पक्राउ परेका ठाकुरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको धनुषा प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन १३, २०७९ शनिबार १६:३६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया