काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले आफूलाई कसैले नि हटाउन नसक्ने बताएका छन् । शनिबारै दिउँसो उनले आफूलाई आजै राजीनामा गर्न दबाब आएको दाबी गरेका थिए ।
यद्यपि, उनले कसबाट त्यस्तो दबाब आएको हो भनेर खुलाएका छैनन् । शनिबारै साँझ उनले अर्को स्टाटस लेख्दै आफूलाई कसैले हटाउन नसक्ने आशय व्यक्त गरेका छन् । दोस्रो स्टाटसमा उनले भनेका छन्, ‘अटल , अजर , अडिग ,निडर । कसैले नि सक्दैन ।’
शनिबार दिउँसोको स्टाटसमा उनले आफूलाई राजीनामा दिन दबाब आएको खुलासा गर्दै यो देश कहिले पनि नबन्ने बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।