कञ्चनपुरमा हायस दुर्घटना : चारजना घाइते

कञ्चनपुरको महेन्द्रनगरदेखि धनगढीतर्फ आउँदै गरेको हायस दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।  

आइतबार बिहान बा ४ ख २३०३ नम्बरको हायस शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिकै दुर्घटनामा परेको हो । 

वाइरिङ्ग सर्टसर्किट भएर हायस दुर्घटना हुँदा चारजना घाइते भएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

प्रहरीका अनुसार घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । 





  • प्रकाशित मिति : फागुन १४, २०७९ आइतबार १०:२९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया