\
बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ ।
लामिछानेले सिरिज खेल्न विदेश जान पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुनलागेको हो ।
त्यस्तै आजको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा पनि केन्द्रित हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।